नियम ५८
आन्तरिक लेखा परीक्षण शाखाको काम, कर्तव्य र अधिकार
नियम ५७ बमोजिम
खडा भएको आन्तरिक लेखा परीक्षण शाखाको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ ः–
(क) आय, व्यय र धरौटीको स्रेस्ताको मासिक रुपमा लेखा परीक्षण गर्ने,
(ख) जिल्ला विकास कोषबाट रकम प्रवाह भएको जिल्ला विकास समिति
अन्तर्गतका विषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने,
(ग) ऐनको दफा ६९ को उपदफा (१) बमोजिम गाउ“ विकास समितिको
आन्तरिक लेखा परीक्षण गर्ने,
(घ) आन्तरिक लेखा परीक्षणबाट देखिएका त्रुटिहरु लेखापरीक्षण कार्य
सम्पन्न गरेको पन्ध्र दिनभित्र सम्बन्धित निकाय र सचिवलाई
प्रतिवेदन पेश गर्ने,
(ड.) आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारको आर्थिक
अनियमितता र रकम हिनामिना भएको देखिएमा लेखा समितिमा
तुरुन्त प्रतिवेदन गरी प्राप्त निर्देशन अनुसार गर्ने,
(च) अन्तिम लेखापरीक्षण गर्नु अघि आन्तरिक लेखा परीक्षणबाट
औंल्याइएको बेरुजु र तत्सम्बन्धमा भएको कारबाही र शाखाको
धारणा अन्तिम लेखा परीक्षकसमक्ष लिखित रुपमा पेश गर्ने,
(छ) अन्तिम लेखा परीक्षणको लागि श्रेस्ता तयारी राख्न सहयोग पु¥याउने,
(ज) गाउ“ विकास समितिको बेरुजु लगत समय समयमा निरीक्षण गरी यस
नियमावली अनुसार फछर्यौट भएको बेरुजुको सम्परीक्षण गरी दिने र
असूल उपर गर्न बा“की बेरुजुका सम्बन्धमा असूल उपर गर्न लगाउने,
(झ) लेखापरीक्षण प्रतिवेदन लेखा समितिको बैठकमा प्रस्तुत गर्ने,
(ञ) स्थानीय निकाय अन्तर्गतका कर्मचारीको वार्षिक तलवी प्रतिवेदन
पारित गर्ने,
(ट) लेखा समितिको सचिवालयको रुपमा काम गर्ने ।